काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।
४० ग्राम सुनसहित फिनल्याण्डका नागरिक ६४ वर्षीय इम्यिाज अहमद पक्राउ परेका हुन् । । चार वटा बिस्कुटको आकारमा उनले ती सुन बोकर ल्याएको प्रहरीले बताएको छ ।
एअर इन्डियाको उडानमार्फत भारतको नयाँदिल्लीबाट उनी काठमाडौं आएका थिए । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।


