काठमाडौं । निर्वाचनमा पार्टीले शर्मानाक हार ब्यहोरेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा ब्यक्त गरेका छन् उनले आज सामाजिक सञ्जालमार्फत पराजय स्वीकार गरेका हुन् ।
ओलीले भने, ‘हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’
ओलीले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उल्लेख गरे।


