काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपत्र शिक्षामन्त्री पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको देखिन्छ। यसअघि प्रायजसोः प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्रीलाई दिने गरिएको थियो ।


