काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयरबजार सूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ५.३६ अंकले बढेको हो ।
योसँगै बजारमा आज १ करोड ८० लाख कित्ता बिक्रीपछि कुल ७ अर्ब ४६ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। शुक्रबार १०८ वटा सेयरको मूल्य बढ्दा १५० वटाको घटेको र १२ वटाको स्थिर रहेको छ।
यस दिन होटल र पर्यटन, जलविद्युत्, उत्पादन, अन्य र व्यापार समूह बढेका छन् भने निर्जीवन बीमा, सामूहिक लगानी कोष, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी फाइनान्स, विकास बैंक र वाणिज्य बैंक घटेका छन्।


