काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ । बजेट निर्माणका लागि बजेट लेखन समिति गठन भएको छ ।
यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति बनाएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने र बजेटका सिद्धान्त एवं प्राथमिकताहरू निर्धारण गर्ने मुख्य जिम्मेवारीसहित यो समिति बनाइएको हो ।
उक्त समितिका सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।


