काठमाडां प्रहरीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छाडेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।
ओलीलाई यही चैत १४ गते भक्तपुरस्थित उनको निवासबाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो ।


