काठमाडौं । आज बिहान ११ बजे नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक संसदीय दलको नेता चयनका लागि बस्न लागेको हो ।
बैठकमा सहभागीताका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई निमन्त्रणा गरिएको छ। बैठकमा सभापति गगन थापासहितका पदाधिकारी पनि सहभागी हुँदैछन्।
आजको बैठकले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।
कार्यसम्पादन समितिको बैठक सकिए लगत्तै सोमबार दिउँसो कांग्रेसले संसदीय दलको पनि बैठक बोलाएका छ।


