काठमाडौं । नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतकमा ऐन महर मनोनीत भएका छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले दलको विधानअनुसार महरलाई प्रमुख सचेतक मनोनीत गरेको जानकारी गराएका छन्।
एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुनेगरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।


