काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी वाचा अनुसार देशभरका सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिकको विचल्ली हुने गरेको बताएका छन् । उनले हरेक वर्ष ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था आउने गरेको पनि स्मरण गरेका छन् ।
उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने स्पष्ट पारे।
प्रधानमन्त्री शाहले आफूले निर्वाचनदेखि नै उठाउँदै आएको प्रतिबद्धता र सरकारका प्राथमिक योजनाअन्तर्गत सुकुम्बासी व्यवस्थापनलाई अघि बढाइने उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर दीर्घकालीन समाधान गर्ने बताए।


