काठमाडौं । सरकारले हङकङका लागि नेपाली महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ । बिहीबार (वैशाख १०) बसेको मन्त्रिपरिषद् बैठकबाट लेखकलाई फिर्ता बोलाउने निर्णय गरिएको हो ।
“नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने,” शुक्रबार (वैशाख ११) मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले भने ।


