काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन पदाधिकारी र कर्मचारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकाहरुमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष सिंह,तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरंजिविराज शर्मा ढुंगाना,तत्कालीन लेखापाल सावित्री कुमारी गिरी र तत्कालीन खरिदार मनद कुमार चौधरी सूडी रहेका छन् ।
आयोगले आर्थिक वर्ष २०७६/०७७ मा बायो शौचालय खरिद कार्यमा वदनियतपूर्वक आपसी मिलेमतोमा भुक्तानीसमेत दिइ भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूविरुद्ध आरोप-पत्र दायर गरेको हो।
आयोगले उनीहरुले ५५ लाख २ हजार ८५४ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ ।


