काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र डटकम डट एनपी नामको वेबसाइटलाई ह्याक गरेर ठेक्का कब्जा गर्ने विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २२ जनालाई प्रतिवादी कायम गरिएको छ ।
प्रतिवादी कायम गरिएकाहरूमा दिवाकर देउजा, भरत धामी, सोली थुक्का निर्माण सेवाका सञ्चालक सञ्जय भट्ट, कटुवा कन्स्ट्रक्सनका सञ्चालक सागर कटुवाल, काठमाडौँ– ३३ घर भएका भाष्करराज अर्याल, गीताञ्जली कन्स्ट्रक्सन दुवही प्रालिका जीवनकुमार दास, शिभांस निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सन प्रालिका टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका अमृत बोहरालाई प्रतिवादी कायम गरिएको छ ।


