काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत गौरका डिठ्ठा लबकुमार सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिंहविरुद्ध अख्तियारले आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
सेवाग्राहीसँग घुस(रिसवत वापत लिएको ५० हजार रुपैयाँसहित उनलाई केही दिनअघि अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो।
सेवाग्राहीको उजुरी एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो।


