काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा पुनर्विचारका लागि फिर्ता पठाइएको उल्लेख छ ।
शीतल निवास स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यूले संविधान अनुसार बहुमतले निर्णय गर्ने व्यवस्था कुनै पनि कानुनले खण्डित हुन नहुने अडान विगतदेखि नै लिँदै आउनुभएको थियो। अहिले पनि सरकारले अध्यादेश ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्न सक्ने प्रावधान राखेर आएपछि महामहिमले फिर्ता गरिदिनुभएको छ।’
यसअघि संसद्ले पारित गरेको विधेयकमा गणपूरक संख्याका चारवटा अवस्था परिकल्पना गरिएको थियो।



