काठमाडौं । सरकारले दुई वटा अध्यादेश ल्याउन निर्णयको नेपाली कांग्रेसले विरोध जनाएको छ। यसलाई कांग्रेसले शक्ति केन्द्रीयकरणतर्फको खतरनाक संकेत भनेको छ। मंगलबार कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गरी सरकराले संसद्प्रति अविश्वास जनाएको उल्लेख गरेका छन् ।
‘यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ,’ कांग्रेसले भनेको छ, ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ।’


