काठमाडौं । धनगढीमा नेपाली कांग्रेसको सुदूपश्चिम प्रदेश स्तरीय भेला सुरु भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यो भेलाको आयोजना गरेको हो । प्रतिष्ठानको संयोजक उपसभापति विश्वप्रकाश शर्मा छन् ।
भेलामा कांग्रेस सभापति गगन थापा पनि सहभागी छन् ।
प्रदेश र स्थानीय तहलाई केन्द्रीत गरेर प्रतिष्ठानले सबै प्रदेशमा यसैगरी दुई दिने भेलाको आयोजना गरिरहेको छ । धनगढीमा पनि आज र भोलि गरेर दुई दिन भेला चल्नेछ ।


