काठमाडौं । इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर विस्फोट हुँदा आगो लागेको छ ।
आगो लागेको देखिएपछि तत्कालै दमकल प्रयोग गरेर निभाइएको छ । बिहान स्तानबुलबाट आएको जहाज ल्यान्ड गर्ने क्रममा आगो देखिएको थियो । सबै यात्रुहरु सकुसल रहेका छन् । विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।


