काठमाडौं । फिफा विश्वकप २०२६ अन्तरगत समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ को संघर्षपूर्ण जित हासिल गरेको छ ।
शुक्रबार बिहान मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २-१ ले हराएको हो। पहिलो गोल चेक टोलीले गरे पनि त्यसपछि लगातार २ गोल गर्दै एसियाली टोली विजयी भएको हो।
६७ र ८० मिनेटमा २ गोल प्रहार गर्दै खेलमा दक्षिण कोरिया हाबी भएको थियो। चेक टोलीका लागि खेलको ५९औँ मिनेटमा लाकेर जिकीले गोल प्रहार गरेका थिए।


