काठमाडौँ । सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डा.शत्रुघ्नप्रसाद साह भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। बुधबार न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।
यसअघि विशेष अदालतले अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै साहलाई दोषी ठहर गरेको थियो भने सुशीलाकुमारी साहको नाममा भएको देखिएको अवैध सम्पत्ति जफत गर्न भनेको थियो । विशेष अदालतले २०७५ पुस मा उनीहरूलाई दोषी ठहर गरेको थियो । विशेष अदालतले उनलाई गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर्याएको थियो ।
उनले ६८ लाख २४ हजार रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले त्यति नै जरिवाना र ९ वर्ष कैद हुने फैसला समेत गरेको थियो ।


