काठमाडौं । साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ। अब अर्जेन्टिनाले आइतबार हुने उपाधि भिडन्तमा स्पेनको सामना गर्नेछ।
जारी विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पुर्याएका कप्लान लियोनल मेसीले ‘गोल्डेन बुट’ को दौडमा फ्रान्सेली कप्ताल किलियन एम्बाप्पेलाई पछि पारेका छन्।
निकै रोचक सेमिफाइनल खेलमा मेसीकै असिस्ट मद्दतमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिना २०२२ को विश्वविजेता टोली हो।


