काठमाडौं । सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उक्त विधेयकमा सङ्घीय निजामती सेवाको गठन, कर्मचारीको सेवा, शर्त तथा प्रशासन सञ्चालनलगायतका व्यवस्था समेटिएको छ ।
पछिल्लो समय ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाशमा पठाउने विषय आम चासो छ ।



