काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटना भएको छ। १३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी इन्स्पेक्ट पदम रावलका अनुसार जहाज अवतरणका क्रममा पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको थियो।
जहाजमा सवार सबै यात्रु सुरक्षित रहेको पनि इन्स्पेक्टर रावलले जानकारी दिए।


