असोज ११, काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिम पहिरो जाँदा एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिम पहिरो गएको क्षेत्रमा कति जना थिए भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन।
उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङ आए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताए।
हिमाल आरोहणमा गएका २२ जनामध्ये करिब १२ जना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ ।



