काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सोमबार पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरोले म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले थप अनुसन्धानका लागि उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको थियो ।



