काठमाडौं । अबिरल वर्षा भएसँगै काठमाडौँ आवतजावत गर्ने बीपी राजमार्ग अवरुद्ध भएको छ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोसी गाउँपालिका वडा नम्बर-९ पिन्थलीमा सडक अवरुद्ध भएको जिल्ल प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँ तर्फ आउँदै गरेका र यताबाट सिन्धुलीतिर जाँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन्। अर्नब चक्रपातको कारण गएराति देखि नै निरन्तर वर्षा भइरहेकाले बाढी पहिरोको सम्भावना बढेको छ।
