काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले चारै जनाको नाम अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए। ‘चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ,’ सभापति श्रेष्ठले भने।
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन भएको हो।
संसदीय समितिमा सुनुवाइ र त्यहाँबाट अनुमोदनपश्चात् उनीहरूलाई नियुक्त गरिने संवैधानिक व्यवस्था छ ।

