काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने दाबी गरेका छन्।
शुक्रबार नेकपाको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक प्रचण्डले कांग्रेस सभापति थापाबारे आफ्नो भनाइ राखेका हुन्। सरकारले थापालाई पक्राउ गर्न लागेको चर्चा भइरहेको भन्दै प्रचण्डलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए।
त्यसको जवाफमा पूर्वप्रधानमन्त्री प्रचण्डले थापालाई कसैले पक्राउ गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन,’ प्रचण्डले भने।

