काठमाडौं । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने कार्यतालिका छ ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा उनी हिजो बिहान काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तैदेखि उनी भेटघाटमा व्यस्त भएका थिए ।
नेपाल भ्रमणका क्रममा उनले बुधबार दिनभर नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारतबिचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल गरेका थिए
उनले हिजो नै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल परराष्ट्र सचिव अमृतबहादुर राईसँग अलग–अलग भेट गरेका थिए ।

