काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागले गरेको कर्मचारीहरूको विवादित सरुवा बदर गरेको छ।
विभागले गत असोज २३ गते गरेको नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह अन्तर्गतका ८५७ जना कर्मचारीको सरुवा मन्त्री प्रतिभा रावलले बिहीबार बदर गरेकी हुन् ।
सरुवाका सम्बन्धमा प्राप्त उजुरी तथा गुनासोमाथि आवश्यक छानबिन गर्ने र सरुवा प्रक्रियालाई स्पष्ट तथा पारदर्शी बनाउन छुट्टै मापदण्ड स्वीकृत गरी पुनस् सरुवा गर्ने निर्णयसमेत भएको छ।
नापी विभागले १०३ नापी अधिकृत, ४९८ सर्भेक्षक र २५६ अमिन गरी ८५७ कर्मचारीको सरुवा गरेको विवरण असोज २४ गते सार्वजनिक गरेको थियो।

