काठमाडौँ । नेपाली कांग्रेस देउवा पक्षका नेता डा। शशांक कोइरालाले पार्टी सभापति गगन थापालाई महत्त्व नदिन आफूनिकट नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पूर्वसभापति शेरबहादुर देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशनलार्ई उद्घाटन गर्दै गगनलाई गाली गरेर महत्त्व नदिन सुझाए ।
उनले भने, ‘हामीले गगन थापाको यति धेरै किन महत्त्व दिन्छौँरु तपाईँहरूले जति गाली गर्नुहुन्छ त्यति उसको महत्त्व बढ्छ । त्यसैले यसको कुरै नगर्नुस् ।’ उनले गगन थापालाई नभई देशको गरिबी, अशिक्षा र बेरोजगारीलाई भिलेनको रूपमा लिन आग्रह गरे ।

