काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडक खण्डको घोप्टेभीरमा सोमबार बिहानै सुख्खा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउनका लागि हाल तीनवटा ठूला मेसिनरी उपकरणहरू र थप दुईवटा उपकरण परिचालन गरिएको छ।
पहिलो चरणमा ३ घण्टामा पहिरो हटाउने तयारी भए पनि पछिल्लो सूचनाअनुसार अरु ३ घण्टामा पहिरो हटाएर यातायात सञ्चालनको प्रयास भइरहेको नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड)ले जनाएको छ ।

