काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित भएका छन् । चाडबाडको बिदाका बेलासमेत प्रहरीको ताकेता आएपछि आफू साइबर ब्युरोमा उपस्थित भएको उनले बताएका थिए।
शिवाकोटीले कानून व्यवसायीलाई सँगै लैजान चाहे पनि प्रहरीले कानुन व्यवसायीलाई प्रवेशमा रोक लगाएको छ । शिवाकोटीले दुई घण्टादेखि आफू साइबर ब्युरोमै रहेको र सोधपुछको काम भइरहेको बताए ।
साइबर ब्युरोले नेता शिवाकोटीलाई पत्रकार रोशन खड्काको उजुरीका आधारमा सोधपुछ गर्न बोलाएको हो ।

