काठमाडौं पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएपछि पोखराको प्लेअफ यात्रा समाप्त भएको हो ।
विराटनगरका बसिर अहमदले ३७ रन बनाए । ३८ बलको सामना गरेका उनले २ छक्का र २ चौका प्रहार गरे । त्यसैगरी, लोकेश बमले २७ बलमा ३३ रन बनाए भने इसुरु उडानाले १२ बलमा २५ रन बनाए ।
बलिङतर्फ रमेश मेन्डिस र कुशल भुर्तेलले समान दुई विकेट लिए भने विपिन खत्री र धनञ्जय लक्षनले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७।५ ओभरमा १३२ रनमा अलआउट भयो ।

