काठमाडौं । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७ रनले पराजित गर्यो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँलाई सात रनले हराउँदै सुदूरपश्चिम अंक तालिकामा १० अंक जोड्दै प्लेअफ पुगेको हो। एनपीएलमा लगातार प्लेअफ पुग्ने सुदूरपश्चिम एक्लो टोली हो।
लिग चरणको सातमध्ये पाँच खेलम जित र दुई खेलमा हार भोग्दै १० अंकमा तालिकाको शीर्षस्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो।
सुदूरपश्चिमसँगको हारले काठमाडौले भने प्लेअफको टुंगो लगाउन अर्को खेलसम्म पर्खनुपर्ने भएको छ।

