काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मस्को प्रस्थान गरेका छन् ।
उनी रुसी राजनीतिक दलले आयोजना गर्ने विश्व सम्मेलनमा सहभागी हुन आज बिहान त्यता गएका हुन् । सम्मेलन यही नोभेम्बर १४ देखि १७ तारिखसम्म मस्कोमा आयोजना गरिँदै छ ।
प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि सम्मेलनमा सहभागी हुने नेकपाका सचेतक युवराज दुलालले जानकारी दिए ।

