काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन्। आज अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुदैछन्।
अपराजित लुम्बिनी लायन्सले तीन खेलमा दुई जित निकालेको छ भने एक खेलमा अङ्क बाँडेको छ । पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी चौथो जितको खोजीमा छ । उता जनकपुरले चार खेल खेलिसक्दा दुई हार र दुई जित निकाल्दै चार अंक जोडेको छ ।
जनकपुर तालिकाको चौथो स्थानमा छ । समान अंक भएका कर्णाली र विराटनगर रनरेटका आधारमा अगाडि छन् ।

