काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
साविक विजेता लुम्बिनी लायन्सले एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। त्यस्तै,विराटनगर किंग्सलाई भने लुम्बिनी लायन्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाउने अवसर रहेको छ।

