काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रतिनिधिमण्डलले आज ९शनिबार० बिहान पार्टी सभापति रवि लामिछानेलेसँग भेटवार्ता गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गते आइतबार चीन प्रस्थान गर्दै छ।
त्यसअघि प्रतिनिधिमण्डलले बुढानीलकण्ठस्थित निवासमै गएर सभापति लामिछानेसँग सरसल्लाह गरेको हो।
महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने टोलीमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहने रास्वपाले जानकारी दिएको छ।

