काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका उनी उमेरका आधारमा पाउने कैद छुट सुविधापछि जेलमुक्त भएका हुन् ।
उनी आज (बिहीबार) बिहानै डिल्लीबजार कारागारबाट छुटेका हुन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार उनी रिहा भएका हुन्।

