काठमाडौं । नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेका छन्।
आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले नवनियुक्त भारतीय राजदूत दलेलालाई कार्यकालको सफलताको शुभकामना र बधाइ दिएका थिए।
भेटका क्रममा विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनीहरुबीच दुवै देश र जनताका बहुलाभका लागि नेपाल भारत सम्बन्धलाई थप मजबुत बनाउने र सहकार्य बढाउनेबारे छलफल भएको थियो।

