काठमाडौं । एक महिनादेखि अल्पमतको सरकार सञ्चालन गरिरहेका मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव अल्पमतमा परेका हुन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

