काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन,चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्
न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार सर्वोच्चमा ४ जना न्यायाधीशहरूलाई नियुक्त गरेका थिए।

