काठमाडौं । नयाँ आर्थिक वर्ष २०८०/०८१ को पहिलो कारोबार दिन आज नेप्से ४७.०७ अंकले बढेको छ ।
आज नेप्से ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा उक्लिएको छ । आज ७६ लाख ३४ हजार १९० कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आजको कारोबारमा बिपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । कारोबारका आधारमा शिभम सिमेन्ट १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।


