काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख १२ हजार र तेजाबी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।


