काठमाडौं । आजबाट उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गरेको छ ।
उन्नति लघुवित्त र सहकार्य लघुवित्त एक आपसमा गाभिएपछि बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना मिलाउन एफपीओ निष्कासन गरेको हो । हाल संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
लघुवित्तले एक करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका एक लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।


