काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री महतसँग होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग गरेका छन्।
आइतबार महासंघका उपाध्यक्ष हेमराज ढकाल, महासंघकै पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत ‘अजित’लगायत व्यवसायीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा वर्गीकरण गराउन माग गरेका हुन्।
औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको यो क्षेत्रई निकट भविष्यमा राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको महासंघले जनाएको छ।
भेटमा होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, होटल व्यवसायी शशिकान्त अग्रवाल लगायत व्यवसायी पनि थिए। होटल व्यवसायले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकाले उद्योगको मान्यता दिनुपर्ने व्यवसायीहरुको माग छ।
महासंघले अन्तर्राष्ट्रिय चेन होटल व्यवस्थापनको रकमको दायरा बढाउन सरकारसँग आग्रह गरेको छ।


