काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ ।
समितिका अन्य सदस्यहरुमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव राजु केसी रहेका छन् ।
गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवीकालबाटै विभिन्न दाताहरूले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेको देखिएपछि समिति बनाइएको हो ।


