काठमाडौं । आज नयाँ तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट लिएका हुन् । शपथ
यसरी सपथ लिनेहरुमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल रहेका छन् ।
तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन्। माओवादीका हितबहादुर यसअघि खेलकुद मन्त्री भएका थिए।
उता एमालेका पदम गिरी २०७९ पुसदेखि केबल ३२ दिन स्वास्थ्यमन्त्री भएका थिए। रास्वपाका अर्याल पनि त्यही बेला श्रममन्त्री बनेका थिए।


