काठमाडौं । केही दिनदेखि निरन्तर ओराले लागेको शेयर बजार साताको अन्तिम सेयर कारोबार दिन बिहीबार पनि १५ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँमा खरिद बिक्री भएको छ।अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। धवलागिरि लघुवित्त वित्तीय संस्था र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।


