काठमाडौं । अदालतमा मुद्धाको बहस चल्दै गर्दै पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन्।
उनले आज सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी छन्। उनले गएको माघ २ गते सर्वोच्चको गेट अगाडि आत्मदाहको कोसिस गरेकी थिइन्।


